भ्रष्टाचारीलाई बाटोमै रोकेर सामूहिक रुपमा थुक्ने -स्वतन्त्र राष्ट्रिय अभियान नेपाल
भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसका सन्दर्भमा भ्रष्टाचारीलाई बाटोमै रोकेर सामूहिक रुपमा थुक्ने कार्यक्रम पूर्व गर्न लागिएको छायांकन सहितको अन्तरक्रिया कार्यक्रम स्थल सार्वजनिक गरिएपश्चात सो स्थानमा कार्यक्रम नगर्न चेतावनी दिइएपछि कार्यक्रम स्थल परिबर्तन गरिएको छ ।
यस पूर्व अर्बिट एजुकेशन पुतली सडकको ब्लक बी को सभाहलमा कार्यक्रम गरी सो पश्चात मन्त्रालयबाट, कार्यालयबाट, अन्य स्थानबाट सम्बन्धित भ्रष्टाचारीहरु घरतर्फ फर्कने र रेष्टुराँ होटेल आदिमा छिर्ने समय पारेर सडकै रोकेर सामूहिक रुपमा थुक्ने कार्यक्रम राखिएको थियो ।
सामूहिक रुपमा थुकेर भ्रष्टाचारी विरुद्ध बहिष्कार र घृणा प्रदर्शन गर्ने कार्यक्रम पूर्वको सो शान्तिपूर्वक बन्द कोठामा भ्रष्टाचारी विरुद्ध शान्तिपूर्ण सामाजिक बहिष्कार गर्न व्यक्ति व्यक्तिले के गर्न सकिन्छ भनी योजना बनाउने नीति निर्माण गर्न अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
अवरोध गरिए पनि भ्रष्टाचारीहरुको पुतला बनाएर सांकेतिक रुपमा चोक चोकमा पुतलामाथि सामूहिक रुपमा थुक्ने कार्यक्रम राखिएको छ । कुनै पनि दलसँग आवद्ध नरहेको नागरिकहरुको स्वतन्त्र राष्ट्रिय अभियान नेपालले सबै जिल्लामा सम्पर्कमा रही तयारीमा रहनु भएका अभियन्ताहरुलाई अपरान्ह ३:३० पछि यस्तो कार्यक्रम कुनै पनि पार्टीको झण्डा संकेत आदि नराखी सम्पन्न गर्न आह्वान गरेको छ ।
डिसेम्बर ९ अर्थात् मंसिर २३ गते भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसको सन्दर्भमा अभियानले भ्रष्टाचारीहरुलाई सामूहिक रुपमा थुक्ने कार्यक्रम राखेको हो ।
अभियानले जीवनभर कुनै पनि पेशा, व्यवसाय नगर्ने तर भाषण मात्र गरेर उनीहरुकै सबैभन्दा धेरै सम्पत्ति हुने, हस्पिटल आदिमा लगानी हुने राजनीतिक पार्टी र तिनीहका नेताहरुलाई पहिलो नम्बरका भ्रष्टाचारीमा उल्लेख गरेको छ ।
साथै पहिलो चरणमा बाँचेजति सबै नेताहरुको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरिएमा ४ वर्षको बजेट बन्न सक्ने प्रक्षेपण सहित त्यस्तो सम्पत्ति तत्काल राष्ट्रिय गरी कारवाहीको दायरामा ल्याउनु पर्ने लगायतका मागहरु राख्दै आएको छ ।
अभियानको तर्फबाट देशभर चोक चोकमा सामूहिक रुपमा भ्रष्टाचारीहरुको सांकेतिक पुतला बनाई सामूहिक रुपमा थुक्ने कार्यक्रमा सहभागी हुन पनि आह्वान गरिएको छ ।
-स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वतन्त्र राष्ट्रिय अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्