पहिरोका कारण सडक अवरुद्ध
काठमाडौँ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ ।
सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार
बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
यस्तै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ ।
दुवै स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
दार्चुला, शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार
बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
मोरङ, लेटाङ नगरपालिका–३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा
मंगलबार दिउँसो रुख लडेर सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
बागलुङ, गल्कोट नगरपालिका–७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो
जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्युठान, सरुमारानी गाउँपालिका–४ अँधेरी खोला,पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरोध भएको छ ।
साथै माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाडाँडा र अस्थाई प्रहरी पोष्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
धादिङ, गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान
लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वयमा एकतर्फी सूचारु गराएको छ ।
दाङ, घोराही उपमहानगरपालिका–१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरोध भएको छ ।
खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले २ वटा सवारी साधन निकालिनुका साथै १ वटा डबल क्याप जिप निकाल्ने पहल भइरहेको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान
ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
पहिरोको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल बर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरोध भएको छ ।
अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँ बेलहनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
धनकुटा, धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
उदयपुर, कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार
बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुर्मीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यसैगरी चौदण्डिगढी नगरपालिका–१० खैराझोडा र सोही नगरपालिका–९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अबरोध भएको छ । उक्त स्थानमा तत्काल ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी खटिएको छ ।
सोलुखुम्बु, माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पहिरो, #सडक अवरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्