माधवकुमार नेपाललाई सन्यास लिएर बस्न योगेश भट्टराईको सुझाव
काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले नेपाललाई यस्तो सुझाव दिएका हुन् ।
उनले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेको भन्दै सन्यास लिएर बस्न सुझाव दिएका हुन् ।
नेपालले केही दिन अघि आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भनेको प्रति भट्टराईले नेपाल जत्तिको नेताले सम्हालिएर बोल्नुपर्ने पनि टिप्पणी गरेका छन् ।
त्यस्तै, नेपालले सन्यास लिने बेलामा पार्टी बनाउँछु भन्नु कुनै तुक नरहेको भट्टराईको भनाइ छ ।
आफ्ना गल्तीहरुलाई स्वीकार्दै नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गरेर आनन्दले बस्न नेपाललाई भट्टराईको राय छ ।
नेता भट्टराईले मुख छाड्न सबैलाई आउने भन्दै नेपाललाई सम्हालिन आग्रह गरेका हुन् ।
उनले भने, ‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ; राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्