प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भइरहेको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहनुभएको छ ।
कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको जेठ ३० गते बसेको इजलासले सो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राख्ने आदेश दिएको थियो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
एआईजी बढुवाविरुद्ध पूर्व डिआइजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आइजिपी विरुद्धको रिटसँगै लगाउनमा राखेर एकसाथ सुनुवाइ भइरहेको छ ।
अहिलेका आइजिपी धीरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै घनश्याम अर्याल सहित ३ जना डिआइजीले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि आइजिपी सिंहले वैशाख १९ गतेदेखि नै कार्यभार सम्हाल्दै आउनुभएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #धिरजप्रताप सिंह, #नेपाल प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्