बजेटले आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको भयो: विष्णु पौडेल
एमाले उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य सरकारले लिएको आरोप लगाए ।
स्रोत साधानको प्रयोगबाट आर्थिक वृद्धि हुने भन्दै उनले पुँजी लगानी नै अपुग रहेको बताए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको रहेको उनको टिप्पणी छ ।
बजेटमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको बताएका उनले भने, ‘यो बजेट सुख्खा जमिनमा घस्रने खोजेको चिप्ले किरा जस्तो छ ।’
बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसक्ने दाबी गर्दै पूर्वअर्थमन्त्री पौडेलले सरकार राष्ट्रिय संकल्पबाट भागेको आरोप लगाए ।
बजेटमा समग्रमा वित्तीय क्षमताभन्दा खर्च बढीको प्रस्ताव गरिएको भन्दै उनले प्रस्ताव गरिएबमोजिम स्रोत जुट्ने आधार नरहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बजेट, #विष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्