मानवसेवा आश्रम द्धारा नागार्जुन र तारकेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान कार्यक्रम(फोटो फिचर)
काठमाण्डौं । मानवसेवा आश्रम द्धारा नागार्जुन नगरपालिका र तारकेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नागार्जुन नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेत र उप–प्रमुखमा पुन निर्वाचित शुिशला अधिकारी लाई सम्मान गरिएको थियो ।
साथै तारकेश्वर नगरपालिका को प्रमुख कृष्णहरि महर्जन र उप–प्रमुख र श्रृजना बुर्लाकोटी अर्याललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मानवसेवा आश्रमका अध्यक्ष रामजि अधिकारीले सबै पालिकाको जनप्रतिनिधिको सहयोगमा सडक मानव मुक्त पालिका बनाउन पहल गर्नुपर्ने बताए ।
मानवसेवा आश्रमको पहलमा मकवानपुर जिल्ला,भरतपुर महानगरपालिका, गण्डकी प्रदेश र कर्णली प्रदेश औपचारिक रुपमै सडक मानव मुक्त बनाउन सफल भएको जानकारी दिए ।
अबको तिन बर्ष भित्र सडक मानव मुक्त देश बनाउने लक्ष्य लिएको अध्यक्षको भनाई छ ।
नागार्जुन नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेतले मानवसेवा आश्रमको नयाँ भवन नागार्जुन नगरपालिकाले छिटै शिल्यान्यास गर्ने र मानवसेवा आश्रमको अभिभावकत्व पालिकाले लिने बताए ।
त्यस्तै तारकेश्वर नगरपालिकाको प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरमा पनि मानवसेवा आश्रम बनाउने आफ्ने लक्ष्य रहेको र आश्रम निर्माण को निम्ती आजै बाट अध्यायन सुरु गर्ने
महर्जनले प्रढ गरे ।
आफ्ने भनाई राख्दै सम्पूर्ण वक्ताले मानवसेवा आश्रम सँगै हातमा हात मिलाई अगाडी बढ्ने बता
कार्यक्रममा नागार्जुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामा, तारकेश्वर नगरपालिका ३ का अध्यक्ष परशुरामा अर्याल लाई पनि सम्मान गरिएको थियो ।





क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णहरि महर्जन, #मोहन बहादुर बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्