आज ४ बजे सरकारले बजेट सार्वजनिक गर्ने, यस्तो छ तयारी
काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ।
आज अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
अर्थमन्त्रालयले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र र शिक्षाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्रित हुने जनाएको छ।
त्यसका लागि सरकारले करिब १७ खर्ब ४५ अर्बको बजेट ल्याउन लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ। सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।
स्रोतका अनुसार आगामी वर्षका लागि चालू तर्फ १० खर्ब ५० अर्ब रुपैयाँ, विकास निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि सवा २ खर्ब बजेट विनियोजनको प्रस्ताव गरिएको छ।
बजेट पेश गर्नुपूर्व सरकारको नीति तथा कार्यक्रम संसदले बहुमतले पारित गरिसकेको छ ।
बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #आर्थिक वर्ष २०७९/८०
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्