काँग्रेस संखुवासभाका सभापति दिपक खड्काको पालिकामा काँग्रेसको कार्यपालिका
उपप्रमुखसहित पाँचवटा वडामा काँग्रेसको प्यानल र एक वडामा एक सदस्य जितेसँगै काँग्रेसले कार्यपालिका गठन गरेको हो ।
संखुवासभा, धर्मदेबी, ११ जेठ । मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो वडा र पालिकामा पराजयको भोगिरहेको खबर सार्वजनिक भएपनि काँग्रेस संखुवासभाका सभापति एवम् पूर्वमन्त्री दिपक खड्काको पालिकामा भने काँग्रेसको कार्यपालिका बनेको छ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा संखुवासभाको धर्मदेवी नगरपालिकामा उपप्रमुखसहित पाँचवटा वडामा काँग्रेसको प्यानल र एक वडामा एक सदस्य जितेसँगै काँग्रेसले कार्यपालिका गठन गरेको हो ।
उक्त नगरपालिकाको प्रमुखमा काँग्रेसका थलकुमार लिङ्खाले थोरै मतले पराजित भएपनि उपप्रमुखमा भने काँग्रेसकी तारा महत विजयी हुनुभएको छ । प्रमुख, उपप्रमुखसहित ४७ सदस्यका लागि भएको निर्वाचनमा काँग्रेसबाट २७ सदस्य विजयी हुनुभएको थियो ।
धर्मदेवी नगरपालिकाका निर्वाचन अधिकृत शेखरबाबु कार्कीले पाँच महिला र तीन दलित तथा अल्पसंख्यक पदका लागि निर्वाचन गरिएकोमा सबै पदमा काँग्रेसका उम्मेदवार विजयी भएको जानकारी दिनुभयो ।
जसमध्ये महिला नगर कार्यपालिका सदस्यमा काँग्रेसका मिता राई, प्रेमिका जीमी, विष्णुमाया मगर, लालमाया जीमी र देवकुमारी कार्की निर्वाचित हुनुभएको छ । यस्तै, दलित वा अल्पसंख्यक सदस्यबाट काँग्रेसकै अञ्जली जीमी, रुद्रबहादुर सुनुवार र इन्द्रबहादुर बयलकोटी विजयी हुनुभएको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्