संखुवासभाको सातवटा स्थानीय तहमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने
मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा भने बेग्लाबेग्लै प्रतिस्पर्धा गर्ने ।
सत्तारुढ दलहरुले संखुवासभाको सातवटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन् । शनिबार जिल्लामा रहेका १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
पालिकामा गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले ५, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले १ पालिकाको नेतृत्व पाएका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला समितिले वैशाख २ गते माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताएको थियो । तर केन्द्रको निर्देशनपछि सात पालिकामा गठबन्धन भएको हो ।
गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले खादबारी, पाचखपन, चैनपुर, धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिका अध्यक्ष पाएको छ । माओवादी केन्द्रले मादी नगरपालिका प्रमुख र नेकपा एकिकृत समाजवादी पार्टीले भोटखोला गाउँपालिकाको अध्यक्ष पाएको छ ।
चैनपुर र खादबारी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । पाँचखपन उपप्रमुख र सभापोखरी गाउँपालिका उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीले पाएका छन् । माओवादी र नेकपा एकिकृत समाजवादीले पाएको पालिकाको उपप्रमुख नेपाली काङ्ग्रेसले पाएको छ ।
मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा भने बेग्लाबेग्लै प्रतिस्पर्धा गर्ने गठबन्धनमा रहेका दलहरुले निर्णय गरेका छन् ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्