खाँदबारी कप भलिबल प्रतियोगिताको फाईनल खेल मंगलबार हुँदै
संखुवासभा – खाँदबारी युथ क्लव खांदबारीको आयोजनामा भईरहेको वडास्तरीय खाँदबारी कप भलिवलको फाईनल मङ्गलबार हुने भएको छ । खाँदबारी रङ्गशालामा आईतबारबाट सुरू भएको प्रतियोगितामा खाँदबारी नगरका १० टिम सहभागी भएका थिए ।
सेमिफाइनलमा खाँदबारी १, ८, ९ र ७ नम्बर वडा पुगेको छ । सेमिफाईनलमा खाँदबारी १ सङ्ग ८ नम्बर वडा र खादबारी ७ सङ्ग ९ नम्वर वडा भिड्ने छ । खाँदबारी युथ क्लबले मृत्यु भएका पुराना अग्रज खेलाडीको स्मृतिमा खाँदबारी कप आयोजना गरेको क्लवका महासचिव सुरेन शाक्यले बताउनुभयो ।
विजयी टिमले नगद ८० हजार, ५० हजार र २५ हजार पुरस्कार पाउने छन् । उत्कृष्ट, अनुसासित खेलाडिलाई पनि पुरस्कार र सम्मान गरिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार, स्थानीय
ट्याग : #खादबारी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्