प्रचण्डको कार्यक्रम रोकेपछि अध्यक्ष गिरीमाथि प्रहार
पोखरा, ६ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा खेलकदु पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित समितिलाई पदस्थापन गराउने विषयको विरुद्धमा प्रेस चौतारी कास्की उभिएपछि अध्यक्ष अर्जुन गिरीमाथि प्रहार सुरु भएको छ ।
आइतबार बिहान नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा पदस्थापन गर्ने कार्यक्रम तय भइसकेपछि चौतारीले आफ्नो आधिकारिक असहमति शनिबार राति व्यक्त गरेको थियो । खेलकुद पत्रकार मञ्च स्वतन्त्र संस्था भएकाले पार्टीका नेताको उपस्थितिमा पदस्थापन हुनु अस्वभाविक भएको भन्दै अध्यक्ष गिरीले कार्यक्रम स्थगित गर्न अपिल गरेका थिए ।
फलतः निर्वाचन समितिले पदस्थापन स्थगित गरेको छ । तर सोही विषयमा राजनीतिकरण गर्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले अध्यक्ष गिरीमाथि प्रहार थालेकी छन् ।
‘हामीले प्रकट गरेको असहमति र आपत्तिमाथि फेरि अर्को राजनीति गरिएकोमा आश्चर्य लागेको छ,’ अध्यक्ष गिरीले भने, ‘प्रचण्डलाई ल्याएर सपथ गरिन्छ भने आन्दोलनको आगो बल्छ भन्ने अर्थमा जनाएको आपत्तिको प्रतीकात्मक अर्थको अनर्थ लगाउँदै पत्रकार महासंघबाट विज्ञप्ति जारी भएकोमा पनि अनौठो लागेको छ ।
’ कडा आन्दोलन गर्ने भन्ने अर्थको प्रतीकात्मक बोलीको भावार्थ नबुझी शब्दार्थ लगाउनु दुखद रहेको गिरीले बताए । महासंघ नेतृत्व साझा बन्न नसकेकोमा उनले दुख व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आगामी दिनमा कमजोरी नदोर्होयाउन र साझा संस्थाको साझा नेताका रुपमा अघि बढ्न सुझाव दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्