संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई जनही एक लाख दिने
संखुवासभा – संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताउनुभयो । यस्तै बैठकले घाइतेहरूलाई उपचार खर्च जनही ५० हजार समेत दिने उहाँले बताउनुभयो ।
गत बिहीबार बिहान मादी ६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चार जना घाइते समेत भएका थिए । मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारक समेत बनाउने निर्णय पनि गरिएको छ । स्मारकमा घाइते र मृतकको नाम लेखिने छ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #hot, #बस दुर्घटना अपडेट, #संखुवासभा, #संखुवासभाको मादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्