यूक्रेन-रसियाको मामलामा सरकारको निर्णयले आशंका जन्मायो – डा. राजन भट्टराई
नेकपा एमाले स्थायी कमिटि सदस्य एबम विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले यूक्रेन-रसियाको मामलामा नेपाल सरकारको निर्णयले नेपालको असंलग्नताको सिद्दान्तका मान्यतामा आशंका जन्माएको बताएका छन्।
सामाजिक संजालमा लेख्दै उनले असंलग्नताको सिद्दान्तको सहि अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्याबस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध नेपालको विदेशनीतिका आधारहरू रहेको समेत बताएका छन्।
डा भट्टराईले सामाजिक संजालमा लेखेका छन :
“विश्व ब्यवस्था धुर्विकृत हुदैछ । विदेशनीतिमा हामीले लिदै आएका मान्यताहरूको सान्दर्भिका बढेको छ ।
असंलग्नताको सिध्दान्तको सहि अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भूभाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्यवस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध हाम्रो विदेशनीतिका आधारहरू हुन ।
उल्लेखित मान्यताहरूमा कुनैपनि अवस्थामा बिचलन देखापर्नु हाम्रो विदेशनीतिको असफलता हो । यूक्रेन रसियाको मामलामा सरकारको निर्णयले माथि उल्लेख गरिएका मान्यतामा आसंका जन्माएको छ ।
यस अवस्थामा विदेशनीतिमा हाम्रा आधारभूत मान्यताहरूमा तलमाथी हुनेछैन भनि विश्वासको वातावरण वनाउनु आजको आवश्यकता हो । जिम्मेवारहरूमा चेतना भया ।”
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान







तपाईको कमेन्ट लेख्नुहोस्