Techie IT
बुधबार, जेठ ८,२०८२

तीनपिप्लेमा सडक अवरुद्ध गर्दे स्थानियको आक्रोश : नेतालाई निषेध, ‘नो रोड, नो भोट’


काठमाडौं । तारकेश्वर नगरपालिकाको तीनपिप्लेमा सडक अवरुद्ध गर्न भेला भएका स्थानीयको नारा छ, ‘नो रोड, नो भोट’, अर्थात् सडक नबनाए भोट दिन्नौं ।

कालोपत्रे गर्न नथालेसम्म सडकको अवरोध नहटाउने बताउदै स्थानियबासीहरुले सडक अवरुद्ध गरेका छन ।दुई वर्षमा बन्नुपर्ने सडक आठ वर्षसम्म नबन्दा कोही जिम्मेवार नदेखिएपछि जनता सडका आएका वडा अध्यक्ष मनोहरी तिवारीको भनाइृ छ ।

शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी हुन् । अधिकारीको कम्पनीले समयमा काम नगरेपछि दबाव सिर्जनाका लागि आन्दोलनमा उत्रिएका स्थानीयले यो सडकलाई ‘नेता निषेधित क्षेत्र’ घोषणा मात्र गरेका छैनन्, ठेकेदार अधिकारीको फोटो सार्वजनिक स्थलमा टाँसेका छन् ।

सिसडोलमा फालिने काठमाडौंको फोहोर पनि रोक्ने गरी स्थानीयले आन्दोलन थालेका हुन्, जसका कारण उपत्यकाको फोहोर फागुन १ गतेदेखि व्यवस्थापन हुन सकेको छैन । आन्दोलनकारीले यो राजमार्गलाई ‘नेता निषेधित क्षेत्र’ घोषणा गरेका छन् । काठमाडौं, नुवाकोट र रसुवाका नेता र सांसदलाई यो बाटो हिँड्न नदिने उनीहरुले बताएका छन् ।

आन्दोलन थाल्नु अघि उनीहरुले पटक–पटक बालाजु–त्रिशूली सडक आयोजनाको कार्यालयमा धर्ना दिएका थिए । तर, न ठेकदार फर्कियो न त सडक विभागका जिम्मेवार अधिकारीले सडक कहिले बन्छ भनेर यकिन जवाफ दिन सके । ‘सडक वरपरका वासिन्दा धुलो र हिलोबाट निकै पीडित भएको बताउँछिन् । ती ट्रकहरुले खसाल्ने फोहोर र फोहोरका लिचेड पनि स्थानीयको टाउको दुखाइ बन्दै आएको छ ।

‘संघ सरकारले ठेक्का लगाएर सडक अलपत्र पारेर छाडिदिएको छ’, धिताल भन्छिन्, ‘यत्रो सास्ती भोग्दा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेपछि स्थानीय जनता आक्रोशित भएका हुन् ।’

जनताले आन्दोलन थालेपछि काम गर्न खोजेजस्तो देखाउन तीनपिप्लेमा एउटा डोजर ल्याएर मर्मतको काम थालेको वडाध्यक्ष तिवारीले बताए । तर कालोपत्रे गर्न थालिहाल्ने विश्वास नभएसम्म स्थानीयबासी आन्दोलनबाट पछि नहट्ने उनको भनाइ छ ।

यो सडकको अलपत्र अवस्थाले ककनीको पर्यटकीय गतिविधिमा पनि असर परेको छ ।

सडक बनाउन माग गर्दै नुवाकोटको ककनी गाउँपालिका पनि आन्दोलनको तयारीमा छ ।

ककनीले फागुन १५ गतेबाट राजमार्ग अवरुद्ध गर्नेसम्मका कार्यक्रम घोषणा गर्दैछ । गाउँपालिकाकी उपाध्यक्ष सीता लामा धैर्यको बाँध टुट्ने अवस्था आएको बताउँछिन् । ‘बिरामीलाई अस्पताल पुर्‍याउन कठिन भएको छ, दैनिक यात्रा गर्नेहरुलाई उत्तिकै सकस छ,’ उनी भन्छिन्, ‘पर्यटक ककनी आउनै छाडेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तीनपिप्लेमा सडक अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am6:50 pm +0545