एमसीसी विरुद्ध ६ वामपन्थी दलले संसद् भवन घेराउ गर्नेदेखि देशैभरी विरोध प्रदर्शन गर्ने

संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक वामपन्थी दलले एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन् ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना वामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन् ।
‘नेपाली जनताको एमसीसीविरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना वामपन्थी दलले अमेरिकन राजदुत (यान्डी बेरीको टविट, चीनका विदेश विभागको पत्रकार सम्मेलनबाट ब्यव्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गर्नेगरी पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टी गरेको साना वामपन्थी दलको निष्कर्ष रहेको छ ।
काठमाडौँ उपत्यकामा माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गर्नेदेखि देशव्यापी रुपमा सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना वामपन्थी दलले देशैभरी विरोध प्रदर्शन गर्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एमसीसी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्