शनिबारसम्म हिमपात र वर्षा हुने
काठमाडौं-आज राति पश्चिम नेपालबाट वर्षा–हिमपात गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर दिएको जानकारीअनुसार यसको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली हुनेछ।
शुक्रबार भने देशैभर सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने देखिएको महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी विशेष बुलेटिनअनुसार यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थान तथा बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। साथै पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि छ।
यसैगरी शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। यसैगरी देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बुलेटिनअनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।
शनिबार गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ भने यिनै प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिमपात र वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्