महामन्त्री पदमा निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने गगन थापाको घोषणा
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएका थापाले दोस्रो पटक पनि चुनाव हारे पार्टीको साधरण कार्यकर्ता भएर बस्ने घोषणा गर्नुभएको हो । थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेद्वार बनेर पराजीत हुनुभएको थियो । यसपटक सोही पदमा थापाले दोस्रो पटक उम्मेदवारी दिनुभएको हो ।
‘कि म नेपाली कांग्रेसको महामन्त्री हुन्छु, चार बर्ष साँढे चार बर्ष पार्टी चलाउछु, त्यस्ले आगामी बाटो तय गर्छ, महामन्त्री हुन सकिने भने म नेपाली कांग्रेसको साधरण कार्यकर्ता मात्रै भएर बस्छु किन भने मैले परीषामा एकपटक उतिर्ण भईन, मैले परि साथीहरुको बीचमा त्यही कक्षामा परीक्षा दिन आइसकेपछि उतिर्ण भए मात्रै अडागि बढने हो । फेरि अनुतिर्ण भएँ भने त मैले यो भन्दा अगाडिको यात्राका लागि योग्य रहेनछु भन्ने बुझ्नु पर्छ,’ थापाले भन्नुभयो, ‘त्यसैले कि म महामन्त्री हुन्छ, कि साधरण सदस्य मात्रै भएर बस्छु, यो भन्दा अर्काे बिकल्प छैन ।’
महामन्त्रीमा थापासँगै डा. मिनेन्द्र रिजाल, बिश्वप्रकाश कर्मा, प्रदीप पौडेल, डा.प्रकाश शरण महत र डा. राजाराम कार्की उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्