राप्रपा महाधिवेशन : मनोनित प्रतिनिधिको सूची सार्वजनिक (सूचीसहित)
काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनका लागि २३५ जना मनोनित महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ ।
अध्यक्षहरू कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको सहमतिमा सूची सार्वजनिक गरिएको बताइएको छ । उक्त सूचीमा विश्ववन्धु थापादेखि पञ्चायतकालका नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तिमगर, तोरणबहादुर गुरुङदेखि महामन्त्रीको उम्मेदवार रोशन कार्कीसमेत मनोनित सूचीमा छन् ।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । यसअघि हिजो बिहीबार समितिले ४ हजार ४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा अब २३५ जना थप हुने छन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्ने छन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार निर्वाचन हुँदैछ ।
हेर्नुहोस् सूची–






क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्