मतदान सक्किएको तीन घण्टामा एमालेको नतिजा आउने, १३ सयले गरे मतदान
सौराह, १४ मंसिर । चितवनमा जारी एमालेको १०औं महाधिवेशनमा हालसम्म एक हजार ३०० मतदाताले मतदान गरिसकेका छन् ।
दुई हजार १७५ मतदातामध्ये सवा ८ बजेसम्म १३०० ले मतदान गरिसकेका हुन् ।
मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।
एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा.सुब्बाले जानकारी दिए ।
मंगलबार साँझसम्म अन्तिम मत परिणाम आइसक्नेछ । मतगणना सुरु गरेको करीब तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने उनले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेको नतिजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्