मुस्ताङमा हिम पहिरोका कारण ११ घाइते
काठमाडौं, २८ कात्तिक । मुस्ताङमा भयानक हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीका अनुसार आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्ने क्रममा ११ जना सामान्य घाइते जनाएका छन् ।
हिम पहिरो गएको स्थान धेरै टाढा भएकोले प्रहरी नपुगेको जनाइएको छ ।
हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ ।
हिम पहिरोसँग आएको गेग्रानहरु बेनी–जोमसोम राजमार्गसम्म आइपुगेको प्रहरी निरीक्षक पौडेलले बताए ।
सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई उच्च सर्तकता अपनाउन समेत उनले आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिम पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्