Techie IT
शनिबार, वैशाख १९,२०८३

चोलेन्द्रले पदबाट राजीनामा दिनुपर्छः रामचन्द्र पौडेल


मकवानपुर, १६ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले चाँडै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि प्रधानन्यायाधीशले चाँडै नै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपुर्याए अपमानजनक बहिर्गमन निश्चित रहेको पौडेलको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शम्शेर राणाले


तपाईको कमेन्ट लेख्नुहोस्