देशको पहाडी भूभागमा वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।
“उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।” उहाँले भन्नुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #वर्षाको सम्भावना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्