काँग्रेस नेता दिपक खड्काले गरे संखुवासभाको मादी घटनाका पीडितसँग भेट
नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको मादी घटनाका पीडितसँग भेटघाट गर्नुभएको छ ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्काले गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएपछि दुःखमा परेका कार्की परिवारसँग आज दिउँसो भेट गर्नुभएको हो ।

भेटका क्रममा उहाँले पीडित परिवारलाई सान्वना दिँदै हत्यामा सङ्लग्नलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो । आगामी दिनमा यस्ता घटना घट्न नदिन उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनुभयो ।
काँग्रेस नेता खड्का विस २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुनुहुन्छ ।

क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्