मादी घटनाको सत्यतथ्य छानविन गर्न काँग्रेस नेता दिपक खड्काको माग
नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले संखुवासभा मादी नगरपालिकाको घटनाका दोषीलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको छ ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको भन्दै उक्त घटनाको दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको हो ।
“मादी घटनाले मलाई साह्रै दुःखीत बनाएको छ, के कारणले घटना घट्यो त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु,”– उहाँले भन्नुभयो । काँग्रेस नेता खड्का विस २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्