मन्त्रालयको भागवण्डामा गठबन्धन दलबीच विवाद
काठमाडौँ, १५ भदौ । सत्तारुढ गठबन्धनका दलबीच मन्त्रालय भागवण्डा नमिलेपछि विवाद भएको छ ।
मंगलबार बालुवाटरमा भएको गठबन्धनका नेताहरुबीचको छलफलमा कसले कुन मन्त्रालय पाउनेबारे विवाद भएको हो ।
मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा भएको छलफलमा नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मालदार मन्त्रालयका विषयमा विवाद देखिएको हो ।
ति दुई दलहरुले पनि काँग्रेस र माओवादी जस्तै महत्वपूर्ण मन्त्रालय दावी गरेको बताइएको छ ।
माधव नेपालले आफ्नो पार्टीको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुनुपर्ने माग गरेका छन् ।
तर जसपाका उपेन्द्र यादवले नमानेको बताइएको छ । जसका कारण मन्त्रिपरिषद विस्तार अझै केही दिन ढिलो हुनसक्ने बुझिएको छ ।
मूख्यतः स्वार्थगत रुपमा अघि बढेको गठबन्धनले करिब २ महिना हुनलाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । यसको मूल कारण भने कुनै मुद्दामा होइन केवल कुन मन्त्रालयमा दावी गर्ने भन्ने विषय नै हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धन दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्