युथफोर्स र अखिल फोर्स गठन प्रति योगेश भट्टराईको आपत्ति
काठमाडौं, ९ साउन । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथफोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् ।
पार्टीमा रहेको अनेरास्ववियू र युवा संघलाई ओझेलमा राखेर गठन गरिएका युथफेर्स र अखिल फोर्सले समाजमा आतङ्कको आभाष दिएको भन्दै उनले खारेज गर्न माग गरेका हुन् ।
अनेरास्ववियू र युवा संघ क्रियाशील रहिरहेको विद्यमान अवस्थामा समूहमार्फत अन्य संगठन तयार गर्नुको कुनै औचित्य नभएको समेत उनले दाबी गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ भट्टराईले प्रश्न गरेका छन् ।
एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तर जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युँताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्