चैनपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित
संखुवासभाको चैनपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
नगरसभाको आठौ अधिवेशनले केही संशोधनसहित बजेट सर्वसम्मतिले पारित गरेको हो । असार १० गते बसेको नगरसभामा मेयर भरत खत्रीले चैनपुर नगरपालिकाको आर्थिक विधेयक, २०७८’ पेस गर्नुभएको थियो । सोही बैठकमा उपप्रमुख मुना श्रेष्ठले बजेट पेस गर्नुभएको थियो । उँहाले ६१ करोड ९१ लाख ८६ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्धन, उद्यमशिलता प्रवर्धन जस्ता उद्देश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित पारित भएको मेयर खत्रीले जानकारी दिनुभयो ।

प्रमुख खत्रीले कोरोना संक्रमण नियन्त्रण गर्न विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।
सहरी सौन्दर्यतालाई व्यवस्थीत गर्ने, बस्ती विकास र अधुरा योजनालाई पनि प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याउने छ । आर्थिक उपार्जनमा आत्मनिर्भर, चैनपुर आसपासका क्षेत्रमा अरुण नदीबाट पानी लिफ्टिङ्ग सिस्टमबाट ल्याईने जस्ता योजना अघि सारिएको छ ।।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #चैनपुर नगरपालिका, #बजेट, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्