सिलिचोङ १ मा पहिरोबाट १ घर पुर्ण क्षति, १ जना घाइते
संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोला माथिल्लो तेन्छोङमा पहिरो जाँदा १ घरमा पुर्ण क्षति भएको छ । गएराति घरमाथि भएको ढुँगा झरेर घरमा क्षति पुग्नुका साथै एक जना घाइते भएका छन् । लगातार बर्षातको कारण घरमाथि रहेको ठुलो ढुंगा झर्दा माथिल्लो तेन्छोङका ८० बर्षीय छत्तिस कुमार राईको घर पुर्णरुपमा क्षति भएको छ भने राई घाइते भएका छन् ।
आईतबार राति १ बजेतिर पहिरो जाँदा घाईते राईका श्रीमति ८३ बर्षिया सुखमाया राई र उँहाकी नातिनी भागरेर बाँच्न सफल भएको स्थानीय सन्तोष कुलुङले जानकारी दिनुभयो । घाइतेको स्थानीय स्वास्थ्य ईकाईमा उपचार भई रहेको र उनको अनुहारमा चोट लागेकोे छ । लगातार ४ दिनदेखि परेको अबिरल बर्षाका कारण पहिरोको जाखिम बढेको हो ।
गत बर्ष गाउँपालिकाको वडा नं. १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा पहिरोका कारण धनजनको क्षति पुगेको थियो । गत बर्षको असार २७ गते बेसिन्दामा गएको पहिरोबाट ९ घर बगाउँदा ११ जना अझै वेपत्ता छन् । सो पहिरोबाट विस्थापित १ सय ६ घर यो बर्खामा पनि टेन्टमा नै बस्न बाध्य छन् । बिस्थापितहरु अस्थायी व्यवस्थापन गरिएको बुधबारे र चित्रेमा बस्दै आईरहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्