युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना हुँदै
काठमाडौं, ४ असार । राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । एनवाईएफ सर्ट फिल्म कम्पिटिसन NYF SHORT FILM COMPETTION-2078 नाममा प्रतियोगिता सञ्चालन हुने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको उक्त प्रतियोगितामा जो कोही नेपालीले पनि सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ ।
संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगाना (office.nyfnepal@gmail.com) मा पठाइसक्नुपर्नेछ ।
’सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेपनि जनाईएको छ र यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।’
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले दिएको जानकारीअनुसार राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदन तथा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँहरुले ९८६०००६२२७ मा फोन गरेर पनि लिन सकिने जनाईएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्