चितवनमा आइसल्याण्ड सहित ३ वटा कम्पनीको मात्रै शुद्ध पानि
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिभिन्न पानि उत्पादक कम्पनीहरुमा छापा मारेको छ । जिल्लामा उत्पादित पानिहरुमा मिसावट एवं न्युनतम मापदण्डसमेत प्रयोग नगरी स्वास्थलाई हानिकारक हुने प्रदुशित पानिको बिक्री बितरण भइरहेकको जनस्तरबाट तिब्र आलोचना आएपछि जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदण्ड विपरीत पानी उत्पादन गरेको भन्दै १० वटा उद्योगलाई बन्द गरेको छ भने १७ वटा कम्पनीको अनुगमन गरेको छ । जसमध्य आइसल्याण्ड ड्रप , हाइल्याण वाटर र आमगन वाटरद्धारा उत्पादित पानि पिउन योग्य रहेको बताइएको छ ।

सो कम्पनीहरुले मात्र अटोमेटिक मेसिनको प्रयोग गरेर उद्योग संचालन गरेका छन । खैरहनी, रत्ननगर र भरतपुरको विभिन्न स्थानमा रहेका उद्योगहरुले हाते प्रविधिबाट पानी भर्ने गरेको खाध्ये निरीक्षक प्रविन तिवारीले जानकारी दिए ।
भौतिक संरचना पुरा नगरेका तीन वटा उद्योगलाई भने बन्द गनै गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुरको इच्छाकामना इन्डस्ट्री, रत्ननगरको अक्ता शक्ति पानी उद्योग र पियोर ट्रप पानी उद्योग भने अझै बन्द रहने छन् । तर, प्रमुख जिल्ला अधिकारी निर्देशिका विपरीत चलेको उपभोक्ता अधिकारकर्मीहरुको आरोप लागएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा क्षेत्रिय खाद्यय प्रविधि कार्यालय हेटौडाका प्रमुख राजकुमार रिजालको नेतृत्वमा बसेको बैठकले मापदण्ड विपरीत सञ्चालिन उद्योगलाई बन्द गरिने समेत निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पानि कम्पनीहरुमा छापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्