नेपाली विद्यार्थीका लागि सरकारी छात्रवृत्ति कार्यक्रम

सरकारी छात्रवृत्ति कार्यक्रमअन्र्तगत छिमेकी मुलुक चीनमा १०० भन्दाबढी नेपाली विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि छनोट भएका छन् ।
सन् २०१८ का लागि सो छात्रवृत्ति प्राप्त गर्ने नेपाली विद्यार्थी चीनका प्रसिद्ध विश्वविद्यालयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा अध्ययन गर्नेछन् ।
आज यहाँ आयोजित एक समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले सो छात्रवृत्ति प्राप्त गर्न सफल नेपाली विद्यार्थीलाई छात्रवृत्तिको औपचारिकपत्र प्रदान गर्नुभयो ।
गत वर्षसम्म चीन सरकारबाट छ हजार ४०० नेपालीले छात्रवृत्ति प्राप्त गरिसकेका छन् । यो वर्ष चिनियाँ सरकारले चिकित्सा विज्ञान, इञ्जिनियरिङ, हवाई उडड्यन, जलस्रोत इञ्जिनियरिङ, व्यवस्थापन प्रशासन, सार्वजनिक स्वास्थ्य, चिनियाँ भाषा र अन्य विधामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ ।
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले कुनै पनि मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि शिक्षा एउटा सशक्त हतियार भएको चर्चा गर्दै यस्ता छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी मात्र नभई सिङ्गो मुलुक लाभान्वित हुने बताउनुभयो ।
“अन्तर सांस्कृतिक अनुभवबाट सिकाइ थप मजबुत हुने र त्यसले व्यक्ति र समाजलाई उच्चस्तरको जीवनयापनमा थप योगदान गर्नेछ”, उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले सामाजिक, सांस्कृतिकरुपमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुनेछ ।”
मन्त्री पोखरेलले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणमा चिनियाँ सरकारको सहयोगको प्रशंसा गर्दै दुवै देशले एकअर्काको सार्वभौमसत्ताको उच्च सम्मान गरेको र दुई देशबीचको सम्बन्धमा हालसम्म कुनै आँच नआएको बताउनुभयो ।
नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको उल्लेख गर्दै उहाँले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रष्ट पार्नुभयो ।
चिनियाँ राजदूत होङ्गले चीन नेपालको मुख्य आर्थिक साझेदार भएको र दुई देशबीच धेरै क्षेत्रमा सहयोग र सहकार्य निरन्तर सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीचको सहकार्य थप मजबुत हुने बताउनुभयो ।
“हजार पुस्तक पढ्नु र हजार माइलको यात्रा गर्नु बराबर हो”, भन्ने चिनियाँ उखानको स्मरण गर्दै राजदूत होङ्गले विदेशमा अध्ययन गर्नु भनेको नयाँ ज्ञान, सीप, अनुभव आर्जन गर्नु र समाजको एक जिम्मेवार नागरिक बन्ने मौका भएको बताउनुभयो ।
उहाँले यो छात्रवृत्ति कार्यक्रम दुई देशको सम्बन्ध विस्तारमा कोशेढुङ्गा सावित हुने बताउँदै छनोट भएका विद्यार्थीका लागि यो नयाँ अनुभूति, नयाँ सिकाइले जीवनको नयाँ मोडमा पु¥याउनेछ भन्नुभयो ।
पछिल्लो समयसम्म चीनमा विश्वविद्यालयको सङ्ख्या कूल दुई हजार ८७९ पुगेको छ भने उत्कृष्ट विश्वविद्यालयको सङ्ख्या ३८ छ । यसरी सरकारी छात्रवृत्ति प्राप्त गरेर चीनमा अध्ययन गर्न जाने नेपाली यिनै ३८ विश्वविद्यालयमध्येमा जाने गर्छन् । जनवादी गणतन्त्र चीन सरकारले सन् १९५८ देखि नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण प्रदान गर्दै आएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्