टोखा चंडेश्वरी अस्पतालको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त
टोखा । श्री टोखा चंडेश्वरी अस्पतालको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त भएका छन ।स्थानिय समाजसेवी र बौद्धीक युवाका रुपमा परिचित श्रेष्ठको बिहिबार बागमतिप्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा चयन गरेको हो ।
मेडिकल माइक्रोवायोलोजीमा स्नातकोत्तर गरी मेडिकल कलेजमा सोही विषय ८ वर्ष अध्यापन अनुभव समेत गरेका श्रेष्ठको सोही विषयमा त्रिविबाट पिएचडी अन्तिम चरणमा रहेको छ ।
चिकित्सा विज्ञानसम्बन्धी विभिन्न अनुसन्धानमा संलग्न र विभिन्न अन्तर्राष्टिय जर्नलमा अनुसन्धान लेख प्रकाशित तथा विभिन्न मिडियामा स्वास्थ्य सेवा सम्बन्धि लेख रचना प्रकाशन गरिरहेका छ्न । स्थानीय सरकारको सिफारिस र प्रदेश सरकारको प्रस्तावमा संघीय सरकारले यस अस्पताललाई प्रदेश सरकार अन्तर्गत रहने गरी जिल्ला स्तरको अस्पतालको रुपमा निर्णय गरिसकेको छ ।
अस्पतालमा ५० सैया बेड क्षमताको सामान्य अप्रेशन सहित, प्रसुृति सेवा, ओपिडी सेवा, प्रयोगशाला सेवा, खोप सेवा, फार्मेसी सेवा लगायतको अत्यावश्यक सेवाहरु २४ घण्टा सेवा प्रदान गरिने उनको भनााइ छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #draft, #टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, #दिपेन्द्र श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्