आठ हजार ९६० जना सङ्क्रमित , एकै दिन २१४ जनाको मृत्यु
छिल्लो २४ घण्टामा आठ हजार ९६० जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । कूल २० हजार २४५ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कूल पाँच हजार ५५ जना निको भएका छन् भने २१४ जनाको निधन भएको छ । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ । यस्तै, हालसम्म चार हजार ४६६ जनाको कोरोनाका कारण निधन भएको छ ।
पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ । यस्तै, तीन लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पिसिआर गरिएको छ ।
यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ ।
भक्तपुरमा कूल चार हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ । विवरण अनुसार ललितपुरमा कूल छ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सङ्क्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्