कोभिड -१९ विरुद्ध सरकार र जनताको हातेमालो जरुरी : ईश्वर पोखरेल
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका उनलेले भने , “म नागरिकलाई अपिल गर्न चाहन्छु, सिङ्गो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ, त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ, हामी आफैं जवाफदेही भएर अगाडि बढ्न जरुरी छ ।”उनले अहिलेको निषेधाज्ञा राज्यका तर्फबाट कोभिड–१९ महामारीमा राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी निर्वाह गरेको बताए ।
“कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो, यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न”, उहाँ भन्नुभयो, “आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौँ, जनताले पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।”उनलेले भने।
सङ्कटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्रीलगायत सम्पूर्ण प्रबन्ध गरेको भन्दै उनले यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको , अठार लाखभन्दा बढीलाई कोरोनाको खोप लगाइसकिएको र खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##उपप्रधानमन्त्री ईश्वर पोखरेल, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्