समता शैक्षिक गुठीलाई सनराइज बैंकको आर्थिक सहयोग
सनराइज बैंकले समता शैक्षिक गुठीलाई रु तीन लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी सात हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीअन्तर्गतका छ प्रदेशस्थित छ विद्यालयलाई रु पचास हजारका दरले हुने गरी उक्त रकम प्रदान गरेको हो ।
गुठीले उक्त रकम तोकिएको विद्यालयको सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दीपक सञ्जेललाई रु तीन लाखको चेक हस्तान्तरण गर्दै स्तरीय शिक्षाबाटै राष्ट्र निर्माणको आधार तयार हुने बताउनुभयो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्गलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन अवस्थामा पनि त्यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #समता शैक्षिक गुठी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्