Techie IT
शनिबार, वैशाख ५,२०८३

पिसिआर परिक्षण शुल्क बढी लिने गरेको जनगुनासो व्याप्त,शुल्क बढी लिनेलाई कारवाही गर्ने चेतावनी


काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मंगलबार सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

सहप्रवक्ता अधिकारीले भने, ‘ पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले पिसिआरको शुल्क बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ ।’

मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##कारवाही, ##पिसिआर शुल्क, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्