मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
चितवन । मानव बेचविखन र ओसारपसारमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर ४ घर भइ राप्ती नगरपालिका वर्डा नम्बर ०४ मा होटल सञ्चालन गर्दै आएका ४० बर्षिया कुमार गौतम रहेका छन् ।
गौतमले आफ्नै रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न बसेका तीन जना महिलाहरुलाई ईच्छाबिपरित करकापमा पारी वेश्याबृतीमा लगाउने गरेको भन्ने विशेष सुचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
(एसपी) अधिकारीका अनुसार अनुुसन्धान गर्दै जाँदा उनलेे निश्चित रकम लिइ वेश्याबृतीमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए । पक्राउ परेका गौतममाथि मानव बेचविखन तथा ओसारपसार कसूरमा बैशाख ४ गते देखि लागु हुने गरी सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्