थप ९०० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ८१२ रहेको छ ।
निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ । अहिले देशभर पाँच हजार आठ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् ।
हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ । हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्