केपी ओलीसँगै सत्ता सहकार्य गरेर अगाडि बढ्न तयार : जसपा
काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताले प्रधानमन्त्री केपी ओलीसँगै सत्ता सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले ओली सरकारमा जान सकिने बताएका छन् । उनले जसपाका माग कार्यान्वयनको चरणमा गएको भन्दै ओली सरकारमा सहभागी हुन सक्ने उल्लेख गरे ।
‘सरकारमा जान पनि सकिन्छ । बाहिर बसेर समर्थन गर्न पनि सकिन्छ । यो सम्भावना धेरै छ’, जसपाका नेता महतोले भने, ‘केपी ओली नेतृत्वको सरकारसँग वार्ता चलिरहेको छ ।’
‘माग सम्बोधन भयो भने सरकारमा सहभागी हुन्छौँ’, नेता महतोले भनेका छन् ।
‘केपी ओलीलाई हेरौँ । यो सरकारले काम गर्यो भने यही गठबन्धन रहन सक्छ’, उनले भने, ‘सरकारमा जानेबारे जसपाले निर्णय गर्न सक्छ ।’
ओलीलाई बिस्थापित गरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा महतोले धेरै रुचि देखाएनन् । उनले सरकारमै रहेको दलसँग माग पूरा गराउन सजिलो हुनेभन्दै कांग्रेससँग पछिको कुरा हुने बताए ।
नेता महतोले सरकार बनाउने विषयमा कांग्रेसको प्रस्ताव मात्रै आएको भन्दै देउवासँग वार्ता गर्नुभन्दा अगाडि जसपाका शीर्ष नेताहरूको बैठक बसेर एउटा साझा धारणा बनाएर बुढानिलकण्ड पुगेको बताए ।
महतोले ओली सरकारले आफूहरूका माग पूरा गर्न धेरै हदसम्म अगाडि बढिसकेको बताए । उनले कांग्रेससँग सरकार बनाउनेबारेमा खासै ध्यान दिएनन् । नेता महतोको यो घोषणाले कांग्रेस र माओवादी केन्द्रलाई तनाब बढाइदिएको छ ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जसपाका जायज मागहरू पूरा हुने बताए । उनले रेशमलाल चौधरीको मुद्धा अदालतमा विचाराधीन रहेकाले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा जसपालाई स्वयं जानकारी रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजेन्द्र महताले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्