ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ । यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएकामा त्यसलाई अझै सेवा विस्तार गरी आजदेखि आफ्नै बैंक खाताबाट सिधँै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको हो ।
यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य भएको र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वस गरिएको महाशाखाका बरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच समन्वय गरी सम्बन्धित व्यक्तिको बैँक खातामार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको महाशाखाले जनाएको छ ।
आजदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधँै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थासँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको छ ।
आगामी दिनमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकलाई समेत आवद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ
क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक जरिवाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्