एनटिसीको नेटवर्क समस्या समाधान गर्न सांसदहरुको सुझाव
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘दूरसञ्चार सेवाको पहँुच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सांसदहरुले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिएका छन् ।
कार्यक्रममा सांसदहरुले प्रत्येक वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीलगायत गाउँगाउँमा इन्टरनेट सेवा पु¥याउनु सरकारको योजना व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री तथा सांसद चित्रालेखा यादवले सबैभन्दा पहिला ग्रामीण क्षेत्रमा देखिएको टेलिकमको टावरको समस्या समाधान गर्न सुझाब दिइन ।यस्तै पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले सरकारले अघि सारेको डिजिटल नेपालको फेर्मवर्कलाई पूर्णरुपमा सफल बनाउने गरी दूरसञ्चारको विकासमा जोड दिनु पर्ने बताए ।
त्यस्तै प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आक्रोस पोख्दै भने , “दूरसञ्चार कम्पनीले जनताको पैसा चोर्छ भन्ने गुनासो छ, कसैलाई फोन गरेको हुँदैन तर पैसा काटिरहेको हुन्छ, यो समस्या के हो ।”
यस्तै सांसद नवराज सिलवालले नेपाल टेलिकमले पैसा कमाएको छ, तर गुणस्तरीय सेवा दिन सकेको छैन भन्दै आक्रोस व्यक्त गरे ।
यसै गरि सांसद गणेशकुमार पहाडीले डिजिटल नेपालकको आकाङ्क्षा पूरा गर्नका लागि मिडियासम्बन्धी भएका ऐन÷कानूनलाई संशोधन गरी सञ्चारमैत्री बनाउनुपर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाललाई दूरसञ्चारमैत्री बनाउने उद्देश्यका साथ तीव्र गतिमा काम भइरहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधानका लागि लिखित सुझाव दिन आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##एनटिसीको नेटवर्क समस्या, ##सांसदहरुको सुझाव, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्