‘नेपालको नयाँ संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन’ हुने
नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।
काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले आज विज्ञप्तिमार्फत जनाएको हो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दिनुभयो ।
सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेता एवं पूर्व सभामुख सुभाष नेम्वाङ, बङ्गला देशका संविधान निर्माणकर्ता वरिष्ठ संविधानविद् कमाल हुसैनलगायतले वक्ताको रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
आमन्त्रित सहभागीमध्ये करीब ३० अन्तर्राष्ट्रिय र ६० राष्ट्रिय न्यायशास्त्रका ज्ञाता तथा विद्वान र संविधानविद्हरूको उपस्थिति रहनेछ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू श्रेष्ठले सम्मेलनबाट नयाँ संविधानको मूलभाव बुझ्न र यसको कार्यान्वयन र सूचित अभ्यासलाई मद्दत मिल्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्