Techie IT
सोमबार, जेठ २५,२०८३

तिमिल्सिना समाजको बागबजार बैठकः सचिवालय र विभाग गठनदेखि अछाममा केन्द्रीय समिति बैठकसम्मका योजना


काठमाडौँ । तिमिल्सिना समाज नेपालको बैठक समाजका अध्यक्ष होमप्रसाद तिमिल्सिनाको अध्यक्षतामा काठमाडौँको बागबजारमा सम्पन्न भएको छ। बैठकले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित ११ सदस्यीय सचिवालय गठन गरेको छ।

नवनिर्मित सचिवालयमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूबाट माधवप्रसाद तिमिल्सिना, ममता तिमिल्सिना र भवानी तिमिल्सिनालाई चयन गरिएको छ। त्यसैगरी केन्द्रीय सदस्यमा जागृत तिमिल्सिना, धर्मराज तिमिल्सिना र गीता तिमिल्सिना चयन भएका छन्।

बैठकले युवा विभाग प्रमुखको जिम्मेवारी जागृत तिमिल्सिनालाई प्रदान गरेको छ भने महिला विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष हिरादेवी तिमिल्सिनालाई तोकेको छ। त्यस्तै, निवर्तमान वरिष्ठ उपाध्यक्ष कपिल तिमिल्सिनालाई समाजको संरक्षकमा चयन गरिएको छ। प्रकाशन विभाग प्रमुखमा जयराम तिमिल्सिना चयन भएका छन्।

बैठकले सचिवालयको बैठक प्रत्येक महिना एक पटक तथा केन्द्रीय समितिको बैठक प्रत्येक तीन महिनामा एक पटक नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

संगठन विस्तारलाई प्राथमिकतामा राख्दै आगामी असोज महिनाभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी तिमिल्सिना समुदायको उद्गमस्थल मानिने अछाममा मंसिर महिनामा केन्द्रीय समितिको बैठक आयोजना गर्ने तय गरिएको छ।

मंसिर महिनामै निबन्ध लेखन प्रतियोगिता तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने र भदौ महिनामा तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको अध्यक्ष होमप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तिमिल्सिना समाजको बागबजार बैठकः सचिवालय र विभाग गठनदेखि अछाममा केन्द्रीय समिति बैठकसम्मका योजना


तपाईको कमेन्ट लेख्नुहोस्