Techie IT
सोमबार, जेठ २५,२०८३

वैदेशिक रोजगार व्यवसायी संघको कोषाध्यक्षमा ३२३ मतसहित शानदार जीत


काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवौं अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट धनमाया सिन्जाली कोषाध्यक्ष पदमा निर्वाचित भएकी छन्।

सिन्जालीले ३२३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै कोषाध्यक्ष पदमा विजय हासिल गरेकी हुन्। उनी डिकबहादुर खत्री नेतृत्वको संयुक्त व्यवसायी समूहबाट उम्मेदवार बनेकी थिइन्।

निर्वाचनमा खत्री नेतृत्वको प्यानलले अधिकांश पदमा सफलता हासिल गरेको छ। सोही प्यानलबाट सिन्जाली कोषाध्यक्षमा निर्वाचित भएकी हुन्।

वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि सक्रिय सिन्जालीले संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। निर्वाचित भएपछि उनले व्यवसायीहरूको विश्वासलाई सम्मान गर्दै संघको हितमा काम गर्ने बताइन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिले आगामी कार्यकालमा वैदेशिक रोजगार व्यवसायको व्यावसायिक विकास, सुशासन तथा व्यवसायीहरूको हकहित संरक्षणका विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्