काठमाडौँको बाईपासमा सूचना केन्द्रको शिलान्यास
काठमाडौं । काठमाडौं माहानगरपालिकाको बाइपासमा सुचना केन्द्रको सिलान्यास भएको छ । बुधबार सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्या सुन्दर शाक्यले उक्त केन्द्रको संयुक्त रुपमा शिलान्यास गरेका थिए । सूचना केन्द्र निर्माण हुन लागेको जग्गा महानगरको स्वामित्वमा रहेको बताइएको छ ।
करीब एक करोड रकम बराबरको लागतमा बालाजु बाईपासमा सूचना केन्द्रसहित सुविधा सम्पन्न सार्वजनिक शौचालयको समेत सिलान्यास गरिएको छ । मन्त्री मानन्धरले भने ‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सुचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ,’ ‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ ।’
‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । उनले थपे । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ ‘उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालिन रुपमा समाधान हुनेछ ।’
कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सुचना उपलब्ध गराइने छ,’ उनले भने, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्रहुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइनेछ ।’
शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वता अनुसार काम गरिरहेको छ । फोहर व्यवस्थापन लगायतका सवालमा पनि महानगरले आवश्यक पहल गरिरहेको छ ।’
वडा नम्बर –१६ का अध्यक्ष मुकुन्द रिजालका अनुसार महानगरका थुप्रै ठाउँमा यस प्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको छ ।
महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने गरि कार्यक्रम निर्माण कार्य अगाडि बढाइने उपभोक्ता समितिका सचिव समिर भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ## सूचना केन्द्रको शिलान्यास, ##बाईपासमा, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्