Techie IT
शुक्रबार, वैशाख ४,२०८३

मदन भण्डारी फाउन्डेसनको आयोजनामा तिन दिने स्वतन्त्र लेखन तालिम शुरु


काठमाण्डौ ,चैत्र १४।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा तिन दिने स्वतन्त्र लेखन तालिम शुरु भएको छ। काठमान्डौ जिल्लाका ११ स्थानीय तहका वडाहरु र बागमती प्रदेसका सबै स्थानीय तहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम दिएको फाउन्डेसनले भक्तपुरमा तिन दिने आवासीय प्रशिक्षण शुरु गरेको छ।

चैत्र १४ देखि १६ गते सम्म हुने उक्त आवासीय प्रशिक्षणमा डा.कुन्दन अर्याल,प्रेम सागर चापागाई, रेडियो नेपालका बरिस्ट कार्यक्रम अधिकृत अमरधज लामा ,बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेल ,रामशरण प्याकुरेल,यशोधा अधिकारी ,लक्ष्मी बस्नेत लगायतले समाचार र सृजनात्मक लेखनका वारेमा प्रशिक्षण दिनेछन।

सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत  हाल सम्म बागमती प्रदेसका सबै स्थानीय तह बाट २० देखि २५ वर्ष उमेर समुहका  २३० जना भन्दा बढी युवाहरुले आधारभूत पत्रकारिता तालिम लिएको फाउन्डेसनकी केन्द्रीय सचिव पेम्बा लामाले जानकारी दिएकी छन।


क्याटेगोरी : समाचार
ट्याग : #मदन भण्डारी फाउन्डेसन


तपाईको कमेन्ट लेख्नुहोस्