पत्रकार महासङ्घपत्रकार महासङ्घको नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण
प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा छ महिना पहिलो भइसक्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासङ्घको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढङ्गले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रहका राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापन पत्रमा छ ।
चौतारीका अध्यक्ष बस्नेतले महासङ्घको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासङ्घबाटै तोकिएको विधि टुङग््याउन माग गर्नुभयो ।
समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासङ्घको विधिबाटै नयाँ सदस्यताको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #चौतारीको ध्यानाकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्