प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्धारा मन्त्रिपरिषद विस्तार
काठमाडौँ, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।
आफ्नो सरकार नढल्ने पक्का भएपछि मुख्यमन्त्री राईले अर्थमन्त्रीमा टंक आङबुहाङ र सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।
त्यस्तै, हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङलाई भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्रीको जिम्मेवारी दिएको बताइएको छ ।
मुख्यमन्त्री राईको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजे हुने बताइएको छ ।
आङबुहाङ माओवादीबाट एमालेमा प्रवेश गरेका हुन भने राई नेपाल समूहबाट ओली समूहमा फर्किएकी हुन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री दिएको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरधन राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्