तनहुँमा बालगृह स्थापना हुने, मन्त्री जुलीकुमारी महतोद्धारा स्थलगत अनुगमन
तनहुँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तनहुँमा बालगृह स्थापना गर्ने भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा नेपाल विद्युत् प्राधिकरणकोस्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको हो ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले सो जग्गाको हालै स्थलगत अनुगमन गरेकी छन् ।
प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषबाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाइने मन्त्री महतोको भनाई छ ।अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट तयार गर्न निर्देशन समेत दिइसकेको बताएकी छन्।
उक्त जग्गा ५४ रोपनी क्षेत्रफलमा फैलिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । जसमध्ये २८ रोपनी क्षेत्रफलमा बालगृह निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताएका छन्। अनुगमनमा सोही गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाको पुर्ण सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : ##तनहुँ, ##बालगृह स्थापना हुने, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्