स्वास्थ्य मापदण्ड कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
सरकारले कोरोनाभाइरस संक्रमण थप फैलिन नदिन स्वास्थ्य मापदण्डमा कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
वुधबार गृह मन्त्रालयले परिपत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारीहरुलाई मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
यसअघि नै मन्त्रालयले सभा, सम्मेलन र जुलुस आयोजनामा रोक लगाइसकेको छ ।
त्यस्तै, मन्त्रालयले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न पनि निर्देशन दिएको छ ।
त्यस्तै, स्वास्थ्य चौकीको अवस्था चेकजाँच गर्न तथा आवश्यक पर्न सक्ने भन्दै क्वारेन्टिन र आइसोलेसनको व्यवस्थाका लागि पनि मन्त्रालयले निर्देशन गरेको छ ।
एक वर्षअघि क्वारेन्टिन र आइसोलेसन बनाइएका विद्यालय तथा अन्य भवनहरुको अपडेट गर्न मन्त्रालयले भनेको छ ।
त्यस्तै, स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न समेत प्रजिअहरुलाई निर्देशन दिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्